+
+
Shares

गगनलाई कृष्ण सिटौलाको आग्रह- पार्टी एकताका लागि अकपट बन्नुस्, रोक्नेलाई धकेल्नुस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई अकपट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १६:३४

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई अकपट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह गरेका छन् । ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित इतर पक्षको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो आग्रह गरेका हुन् ।

‘अझै पनि भन्न चाहन्छौं, तपाईँ गगन थापा सहासी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भने, ‘तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँ पट्टी आउन नदिनुस् । यति आँट छैन तपाईँमा ?’

इतर पक्षले कुनै छलछाम नगरेको पनि सिटौलाले बताए । ‘हामी छलछाम गरिरहेका छैनौं । यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले भनेका छौं, एउटा भेला हुन्छ राष्ट्रिय भेला । नयाँ कार्यदिशा तय हुन्छ । के हो नयाँ कार्यदिशा ? सबले बुझ्छन्,’ उनले भने ।

सबै कुरा आफूहरूले छलछाम नगरेर प्रष्ट भनिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?