+
+
Shares

कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
  • बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको घोषणा गरेका हुन् ।
  • नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने र भेलापछि आफूहरूले आफ्नो बाटो तय गर्ने बताएका छन् ।

६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।

बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।

उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।

‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’

सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?