+
+
Shares

काठमाडौं उपत्यकाबाट हिमाल दर्शन (तस्वीरहरू)

मौसम खुलेसँगै उपत्यकाका विभिन्न स्थानबाट उत्तरी हिमशृङ्खला स्पष्ट रूपमा देखिएको छ । हरियालीले ढाकिएका वरपरका डाँडाकाँडा पनि वर्षापछिको सफा वातावरणमा आकर्षक देखिएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ साउन ७ गते ८:५०

७ साउन, काठमाडौं । केही दिनको वर्षा र बाक्लो बादलका कारण धुम्मिएको काठमाडौं उपत्यकाको आकाश आज भने खुलेको छ । बिहानैदेखि पारिलो घाम लाग्दा उपत्यकाको मौसम सफा देखिन्छ । यद्यपि आकाशमा हल्का बादल भने अझै छरिएका छन् ।

मौसम खुलेसँगै उपत्यकाका विभिन्न स्थानबाट उत्तरी हिमशृङ्खला स्पष्ट रूपमा देखिएको छ । हरियालीले ढाकिएका वरपरका डाँडाकाँडा पनि वर्षापछिको सफा वातावरणमा आकर्षक देखिएका छन् ।

सफा मौसमका कारण सर्वसाधारणले लामो समयपछि हिमालको दृश्य अवलोकन गर्न पाएका छन् । वर्षाले धुलो–धुवाँ पखालिदिँदा दृश्यता बढेको छ भने उपत्यकाको प्राकृतिक सौन्दर्य पनि झन् उजागर भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहे पनि बिहीबार बिहान उपत्यकामा वर्षा नभएकाले मौसम केही खुलेको हो ।

यद्यपि दिउँसो वा साँझतिर स्थानीय रूपमा बादल विकास भई केही स्थानमा वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको मौसमविदहरु बताउँछन् ।

  

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?