News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलन नेपालको इतिहासमै सबैभन्दा धेरै ध्वंसात्मक भएको आरोप लगाए ।
- अध्यक्ष ओलीले तत्कालीन माओवादीको हिंसात्मक बाटोभन्दा हालको आन्दोलनले समाजलाई बढी भयभीत बनाएको दाबी गरे।
- उनले पूर्वप्रधानन्यायाधीशको अगुवाइमा वैधानिक सरकारविरुद्ध असंवैधानिक र आतंकपूर्ण क्रियाकलाप भएको भन्दै अहिले लोकतन्त्र अपरण भएको बताए।
७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् ।
‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन । यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन । भदौ २३/२४ गते जुन खालको मार्ने मराउने, आगजनी गराउने, नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोज्यो तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन ।’
उनले तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरिएको आरोप लगाए ।
जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध ततरिकाले क्रियाकलाप गरिएको उनको भनाइ छ ।
‘वैधानिक सरकारलाई अवैध आतंकपूर्ण अपराधि कृयाकलाप गरियो । संविधानको धाराले जुन कुरा हुँदैन भन्छ त्यही पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो,’ उनले भने, ‘अवैध सिफारिसमा जननिर्वाचित संसद् भंग गर्ने काम भयो असंवैधानिक तरिकाले ।’
त्यस्तै उनले अहिले लोकतन्त्र खतरामा परेको टिप्पणी पनि गरे । ‘लोकतन्त्र कहाँ छ अहिले ? लोकतन्त्र अपरण भएको छ। लोकतन्त्र वापसी चाहिएको छ,’ उनले भने ।
प्रतिक्रिया 4