+
+
Shares

नक्कली आयुर्वेदिक औषधी बजारमा छ्यापछ्याप्ती, पाँच जना पक्राउ

नक्कली आयुर्वेदिक औषधी बजारमा सप्लाइ गर्ने र बेच्ने पाँच जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १६:२०

७ साउन, काठमाडौं । नक्कली आयुर्वेदिक औषधी बजारमा सप्लाइ गर्ने र बेच्ने पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा प्युठानको झिमरुक गाउँपालिका–७ घर भएका २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू, सोही ठाउँका ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण अर्याल छन् ।

No description available.

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उपत्यकाका विभिन्न ठाउँहरूमा नक्कली आयुर्वेदिक औषधी बेचेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

उनीहरूबाट ठूलो मात्रामा विभिन्न ब्रान्डका नक्कली आयुर्वेदिक औषधी तथा तेल बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूलाई कालोबजारीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?