News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको पुर्चौडी–ढोल्यामोड सडक खण्ड अन्तर्गत चिसापानी क्षेत्रमा आज दिउँसो पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा पुर्चौडीबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
- नगर प्रमुख दीपक बमले पहिरो पन्छाउन स्थानीय व्यवसायीको जेसीबी परिचालन गरिएको र निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको जानकारी दिनुभयो।
७ साउन, बैतडी । बैतडीको पुर्चौडी–ढोल्यामोड सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
आज अपरान्ह करिब ३ बजे पुर्चौडी नगरपालिका–७ स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएसँगै पुर्चौडीबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । यात्रुहरूबीच बाटोमै रोकिएका छन् भने आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
पुर्चौडी नगरपालिकाका प्रमुख दीपक बमका अनुसार पहिरो पन्छाउन स्थानीय निर्माण व्यवसायी हेमन्त बडुको जेसीबी मेसिन परिचालन गरिएको छ । नगरपालिकाको आफ्नै मेसिनमा सामान्य प्राविधिक समस्या देखिएकाले तत्काल स्थानीय व्यवसायीको जेसीबी प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
यद्यपि, पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको नगर प्रमुख बमले जानकारी दिए ।
सुरक्षित रूपमा पहिरो हटाउने कार्य जारी रहेकाले आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक व्यवस्था गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया 4