+
+
Shares

बागमतीका मुख्यमन्त्री बानियाँ भन्छन्-  बहुमत पुर्‍याएर आए तत्काल मार्गप्रशस्त गर्दिन्छु

बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दल बहुमत पुर्‍याएर आए तत्काल मार्गप्रशस्त गरिदिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दलले बहुमत पुर्‍याएर दाबी पेश गरेमा आफूले तत्काल मार्गप्रशस्त गर्ने बताए ।
  • नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले ठूलो दलको हैसियतमा सरकारको कामकारबाहीलाई निरन्तरता दिने उल्लेख गरे ।
  • मुख्यमन्त्री बानियाँले \'म अडिएर, अड्किएर बस्ने मान्छे होइन\' भन्दै संवैधानिक प्रक्रिया र राजनीतिक संस्कारलाई प्राथमिकता दिने स्पष्ट पारे ।

७ साउन, हेटौंडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दल बहुमत पुर्‍याएर आए तत्काल मार्गप्रशस्त गरिदिने बताएका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले बुधबार समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले आज बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले अन्य दललले मसँग बहुमत छ भनेर दाबी गरेकाे अवस्थामा तत्काल मार्गप्रशस्त गर्ने बताएका हुन ।

‘दाबी गरेर आउन पर्‍याे कि अब हामीसँग गणपूरक संख्या छ भनेर कुनै दुई वा दुई भन्दा बढी दलले दाबी गरेर आएकाे अवस्थामा मार्गप्रशस्त गरिदिने राजनीतिक संस्कार छ,’ बानियाँले भने, ‘म अडिएर, अड्किएर बस्ने मान्छे हाेइन ।’

उनले अर्काे व्यवस्था नभएसम्मका लागि ठूलाे दलकाे हैसियतले सरकारकाे कामकारबाही अगाडि बढाउने बताए ।

अल्पमतमा पर्नु भयाे नि भन्ने पत्रकारको प्रश्नमा बानियाँले अहिलेसम्म कसैकाे बहुमत नभएकाले ठूलाे दलकाे रूपमा आफू रहेकाे र भाेलि फेरि बहुमत पुर्‍याउन सक्ने सम्भावना अझै बाँकी रहेकाे बताए ।

‘बाम गठबन्धन भएर मात्रै यहाँ सरकार बन्छ ?, तपाईंहरूले गणपूरक संख्या हेर्नु भएकाे छ ?, हुन्छ र पुग्छ र ?,´ उनले प्रतिप्रश्न गरे ।

बानियाँले सत्ता जोगाउनभन्दा लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?