+

वैभव सूर्यवंशी बने टी-२०आईमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी

२०८३ साउन  ७ गते २१:२१ २०८३ साउन ७ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशीले जिम्बाबेविरुद्ध १८ बलमा अर्धशतक प्रहार गरी पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।
  • सूर्यवंशी १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
  • श्रेयस अय्यरको कप्तानीमा रहेको भारतीय टोलीले १२६ रनको लक्ष्य सहजै पूरा गर्दै जिम्बाबेविरुद्धको पहिलो टी–२० खेलमा जित हात पारेको छ ।

७ साउन, काठमाडौं । भारतका ब्याटर वैभव सूर्यवंशीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । जिम्बाबेविरुद्धको पहिलो टी–२०आईमा अर्धशतक प्रहार गर्दै उनी पुरुष टी–२०आईमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

हरारेमा भएको खेलमा १५ वर्ष ११८ दिनका सूर्यवंशीले केवल १८ बलमै आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । उनको इनिङ्समा चार चौका र चार छक्का समावेश थियो । भारतले १२६ रनको लक्ष्य ६ ओभरभन्दा बढी खेल बाँकी रहँदै सहज रूपमा पूरा गर्‍यो ।

यसअघि यो कीर्तिमान गिब्राल्टरका लुइस ब्रुसको नाममा थियो । उनले सन् २०२१ मा माल्टाविरुद्ध १६ वर्ष ५६ दिनको उमेरमा अर्धशतक बनाएका थिए ।

सूर्यवंशीले गत महिना आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको शृंखलाका लागि पहिलो पटक भारतीय टी–२० टोलीमा स्थान बनाएका थिए । इंग्ल्यान्डविरुद्धका पहिलो तीन खेलमा उनले क्रमशः १४, १३ र १५ रन मात्र बनाउन सकेका थिए । तर जिम्बाबेविरुद्ध भने पहिलो बलदेखि नै आक्रामक शैली अपनाउँदै ऐतिहासिक इनिङ्स खेले ।

भारतीय बलरहरूले जिम्बाबेलाई २० ओभरमा ७ विकेट गुमाएर १२५ रनमा सीमित गरेपछि सूर्यवंशीको आक्रामक ब्याटिङले भारतलाई सहज जित दिलायो ।

यसअघि पनि सूर्यवंशीले यही हरारे मैदानमा जनवरीमा सम्पन्न आईसीसी यू–१९ विश्वकपको फाइनलमा ८० बलमा १७५ रनको विस्फोटक इनिङ्स खेलेका थिए ।

यो जितसँगै श्रेयस अय्यरको कप्तानीमा भारतले पहिलो टी–२० आई जित पनि हात पारेको छ । भारत र जिम्बाबेबीच दोस्रो टी–२०आई जुलाई २५ मा हरारेमै हुनेछ ।

कीर्तिमानी अर्धशतक वैभव सूर्यवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय