+
+
Shares

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को टिजर : आमाछोरीको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्कीद्वारा निर्मित चलचित्र 'मास्टर्नी'को आधिकारिक टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ।
  • आमा र छोरीबीचको संघर्षको कथामा आधारित उक्त चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा र आर्यन सिग्देललगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन्।
  • सुवेन्दु घोषद्वारा निर्देशित यो चलचित्र आगामी ५ भदौदेखि देशभरका हलहरूमा प्रदर्शन गरिने तयारी छ।

काठमाडौं । प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को टिजर युट्युबमा सार्वजनिक भएको छ । कठिन परिस्थितीबाट आमाले छोरीलाई बचाउन गर्ने संघर्षको कथामा फिल्म बनेको टिजरमार्फत बुझ्न सकिन्छ ।

अपराध, कौतुहलता र पारिवारिक कथावस्तुमा बनेको यो फिल्मको टिजरमा शीर्ष कलाकारलाई स्थान दिइएको छ । प्रियंकासहित टिजरमा सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा फिचर्ड छन् ।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मलाई प्रियंकासहित आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्तरुपमा लगानी गरेका हुन् ।

सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताको रुपमा छन् । यो फिल्म ५ भदौदेखि प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?