+
+
Shares

प्रियंकाको ‘मास्टर्नी’ ५ भदौदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १३:२७

काठमाडौं । प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘मास्टर्नी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै ५ भदौदेखि रिलिज हुने जनाएका हुन् ।

कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले यो फिल्म निर्माण गरेको हो । सार्वजनिक पोस्टरमा प्रियंकालाई फिचर्ड गरिएको छ । ट्युबमा डुबेको भावमा उनलाई प्रस्तुत गरिएको छ । पोस्टर अर्थपूर्ण देखिन्छ ।

‘प्रायः शान्त मस्तिष्कले खतरनाक योजना बनाइरहेका हुन्छन्’ लेखिएको बटमलाइन पोस्टरमा छ । पोस्टरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त संकेत गर्छ ।

शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंकासहित अग्नी ग्रुपका क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की लगानीकर्ता छन् । घोष निर्देशित फिल्म ‘आइएम जितबहादुर’ हालै रिलिज भएको थियो । तर, बक्सअफिसमा कमजोर भयो ।

‘मास्टर्नी’मा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेको पनि अभिनय छ ।

कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रुपमा सिमोस सुनुवार छन् । पटकथा शान बस्न्यातले लेखेका हुन् । युवराज इन्दोरियाले खिचेको फिल्मलाई राजासिंह सिदुले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?