+
क्रिकेट विश्वकप लिग २ :

ओडिआई क्रिकेटमा करणको १०० विकेट पूरा

२०८३ साउन  ११ गते १९:२० २०८३ साउन ११ गते १९:२०

नेदरल्यान्ड्समा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्धको खेलमा २ विकेट लिएपछि उनले १०० विकेटको कोशेढुंगा पार गरे । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली तीव्र गतिका बलर करण केसीले ओडिआई क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
  • नामिबियाविरुद्धको खेलमा पाँच विकेट लिएसँगै करणले ७२ ओडिआई खेलमा कुल १०३ विकेट लिएका छन् ।
  • उनले चार पटक पाँच विकेट लिँदै नेपालका लागि ओडिआईमा सर्वाधिक पटक पाँच विकेट लिने कीर्तिमानसमेत कायम गरेका छन् ।

११ साउन, काठमाडौं । नेपालका मिडियस पेसर करण केसीले ओडिआई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।

नेदरल्यान्ड्समा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्धको खेलमा २ विकेट लिएपछि उनले १०० विकेटको कोशेढुंगा पार गरे ।

करणले ७२ ओडिआई खेलमा १०३ विकेट लिइसकेका छन् ।

करण नेपालबाट ओडिआई क्रिकेटमा १०० विकेट लिने दोस्रो खेलाडी बने । यसअघि लेग स्पीनर सन्दीप लामिछानेले उक्त उपलब्धी हासिल गरिसकेका छन् ।

नामिबिया विरुद्ध ओडिआई करियरकै उत्कृष्ट बलिङ गर्दै करणले ५ विकेट लिएका थिए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर ५ विकेट लिए ।

करणले यस खेलमा अर्को उपलब्धी समेत हासिल गरे । व्यक्तिगत रुपमा उत्कृष्ट स्पेश राखेका उनी नेपालका लागि ओडिआईमा धेरै पटक ५ विकेट लिने खेलाडी बने । उनले चार पटक एकै खेलमा ५ विकेट लिएका हुन् । यसअघि करण र सन्दीपले समान ३ पटक ५ विकेट लिएका थिए ।

लिग २ मा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको छ । नामिबियाका लागि फ्रायलिंकले शतक प्रहार गरे ।

नामिबिया विरुद्ध १ विकेट लिएका सोमपाल कामीले पनि ओडिआईमा ९९ विकेट पुर्‍याएका छन् । अब उनी १०० विकेट पूरा गर्न १ विकेटले मात्र टाढा छन् ।

PHOTO: FB/CAN

ओडिआई क्रिकेट करण केसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय