News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरेको छ ।
- नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो ।
- विश्वकप छनोटको सम्भावना कायम राख्न नेपाल यस शृङ्खलामा पहिलो जित निकाल्ने दबाबमा छ ।
११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्ध भइरहेको खेलमा नेपालले २१२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको छ ।
नेदरल्यान्ड्सको उट्रेचमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो ।
नामिबियाका लागि जान फ्रायलिंकले शतक प्रहार गरे । १४९ बलमा ३ चौका प्रहार गर्दै १०० रन बनाएपछि उनी रनआउट भएका थिए ।
लाउरेन स्टिनकाम्पले ८७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५९ रन योगदान गरे । दोस्रो विकेटका लागि फ्रायलिंक र स्टिनकाम्पले १३१ रनको साझेदारी गरे ।
नेपालका लागि मिडियम पेसर करण केसीले सानदार बलिङ गर्दै ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर ओडिआई करियरमा चौथो पटक ५ विकेट लिएका हुन् ।
साथै करण यसै खेलमार्फत नेपालका लागि ओडिआईमा १०० विकेट लिने दोस्रो खेलाडी समेत बने । सोमपाल कामीले १ विकेट लिए ।
यसअघिको दुवै खेलमा पराजित भएको नेपाल लिग २ को यस शृंखलामा पहिलो जितको खोजीमा छ ।
शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपालका लागि अब हरेक खेल जित्नैपर्ने अवस्था छ ।
यस शृखंलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
PHOTO: FB/CAN
प्रतिक्रिया 4