+
+
Shares

‘फलानो ढिस्कानो’ मा अभिनय गर्दै साइग्रेस पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द्रव्य प्रोडक्सनको ब्यानरमा कमेडी कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म 'फलानो ढिस्कानो' निर्माण हुने भएको छ ।
  • फिल्मको मुख्य भूमिकामा देखिन लागेका कलाकार पोखरेलले कथा मन परेकाले आफू यो फिल्ममा अनुबन्ध भएको बताएका छन् ।
  • राजकुमारले निर्देशन गर्ने उक्त फिल्मको छायांकन दशैंपछि सुरु हुने र अन्य कलाकारको नाम केही समयमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा कमेडी कथावस्तुको फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ । निर्माताले मंगलबार पहिलो झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर हुँदै पछिल्लो समय फिल्म अभिनयमा पोखरेल ब्यस्त छन् । यो लाइनअपमा यो फिल्म निश्चित भएको हो ।

पोस्टरमा पोखरेललाई मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेको देखिन्छ । कोटको गोजीमा चलचित्र पत्रकारको कार्ड बोकेको देखिएको छ ।

अर्को पोस्टरमा भने उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेका दृश्यमा छन् । यी दुई पोस्टर हेर्दा फिल्ममा पोखरेलले चलचित्र पत्रकारको भूमिका निर्वाह गर्न लागेको बुझ्न सकिन्छ भने कथावस्तु पनि त्यहीँ वरपर आधारित रहेको अनुमान छ ।

जय नेपाल हलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘मैले आबाट आमा खेल्छु, त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ । त्यसैले कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ ।’

अन्य अभिनय कलाकारको नाम सार्वजनिक भैसकेको छैन । राजकुमारले यो फिल्म निर्देशन गर्न लागेका हुन् । दशैंपछि छायांकन सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?