+
+
Shares

सुनसरीको देवानगञ्ज बजारमा झडप

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २१:०२

१२ साउन, विराटनगर । आइतबार राति दुई समूहबीच विवादपछि असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति दोहोरो झडप भएको छ ।

देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो ।

बजार क्षेत्रमा दुई पक्षबीच भइरहेको झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई सकस परेको छ । दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले बताए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?