News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरे ।
- सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाबारे जानकारी गराउन राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
- सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि बोलाएको सर्वदलीय बैठकको निर्णयबारे उनले जानकारी गराए ।
१३ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन् ।
सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
सुनसरी घटनाकाबारेमा सर्वदलीय धारणा बनाउन लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएको थिए । उक्त बैठकले घटनाको शान्तिपूर्ण समाधान गर्ने संयुक्त अपिल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4