+

आरसीबीको ब्रान्ड मूल्य ३० करोड डलरभन्दा माथि पुग्यो

२०८३ साउन  १४ गते ९:२४ २०८३ साउन १४ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिगको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजका रूपमा रोयल च्यालेन्जर्स बेंगलुरु ३१ करोड २० लाख अमेरिकी डलरसहित शीर्ष स्थानमा कायम छ।
  • हुलिहान लोकीको प्रतिवेदनअनुसार आईपीएलको कुल व्यावसायिक मूल्य १८.५ अर्ब डलरबाट बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ।
  • ब्रान्ड मूल्यका आधारमा मुम्बई इन्डियन्स २६ करोड ४० लाख डलरसहित दोस्रो र कोलकाता नाइट राइडर्स २४ करोड ५० लाख डलरसहित तेस्रो स्थानमा छन्।

१४ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजका रूपमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार शीर्ष स्थानमा कायम रहेको छ ।

अमेरिकास्थित लगानी बैंक हुलिहान लोकीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार आरसीबीको ब्रान्ड मूल्य ३१ करोड २० लाख अमेरिकी डलर पुगेको छ ।

यो गत वर्षको २६ करोड ९० लाख अमेरिकी डलरको तुलनामा १६ प्रतिशतले बढी हो । यससँगै आरसीबी क्रिकेट इतिहासमै ३० करोड अमेरिकी डलरभन्दा बढी ब्रान्ड मूल्य पुग्ने पहिलो टोली बनेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा आईपीएलको कुल व्यावसायिक मूल्य १८.५ अर्ब अमेरिकी डलरबाट बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ । यो ११.४ प्रतिशतको वृद्धि हो । लगातार दोस्रो वर्ष आईपीएलले दोहोरो अंकको व्यावसायिक वृद्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

चार महिनाअघि ब्ल्याकस्टोन, बोल्ट भेन्चर्स, आदित्य बिर्ला समूह र टाइम्स अफ इन्डिया समूहको संयुक्त लगानीकर्ताले आरसीबीलाई १.७८ अर्ब अमेरिकी डलर मूल्यांकनमा खरिद गरेका थिए ।

ब्रान्ड मूल्यका आधारमा मुम्बई इन्डियन्स २६ करोड ४० लाख अमेरिकी डलरसहित दोस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स २४ करोड ५० लाख अमेरिकी डलरसहित तेस्रो तथा चेन्नई सुपर किङ्स २४ करोड ४० लाख अमेरिकी डलरसहित चौथो स्थानमा रहेका छन् ।

त्यसपछि सनराइजर्स हैदराबाद १६ करोड ८० लाख अमेरिकी डलरसहित पाँचौं, राजस्थान रोयल्स १६ करोड १० लाख अमेरिकी डलरसहित छैटौं र पञ्जाब किङ्स १५ करोड ८० लाख अमेरिकी डलरसहित सातौं स्थानमा छन् ।

गुजरात टाइटन्स १५ करोड ७० लाख अमेरिकी डलरसहित आठौं, दिल्ली क्यापिटल्स १५ करोड ६० लाख अमेरिकी डलरसहित नवौं तथा लखनउ सुपर जायन्ट्स १२ करोड २० लाख अमेरिकी डलरसहित दशौं स्थानमा रहेका छन् ।

आरसीबीका सह–मालिक सत्यन गजवानीले आरसीबीको समर्थक आधार र टोलीप्रतिको भावनात्मक सम्बन्ध आईपीएलकै सबैभन्दा बलियो रहेको बताए ।

पञ्जाब किङ्सका सह–मालिक नेस वाडियाले आईपीएल फ्रेन्चाइज अब दुई महिना क्रिकेट खेल्ने टोली मात्र नभई दीर्घकालीन खेल तथा मनोरञ्जन व्यवसायका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे ।

आईपीएल क्रिकेट रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय