+
+
Shares

दलित समुदायको अधिकार र आत्मसम्मानको विषय संसद्‍मा सशक्त रूपमा उठाउने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १०:२९

१४ साउन, काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको भेटका क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई बुझाउने सुझाव पत्रबारे सचेतक परियारलाई जानकारी गराए ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समेटिएको थियो ।

यसप्रति आयोगका तर्फबाट विश्वकर्माले आभार व्यक्त गरे ।

सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन र सुझावहरू पारित गराउन संसदीय स्तरबाट सकारात्मक भूमिका खेल्न आयोगले रास्वपासँग आग्रह गरेको छ ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायको अधिकार, समानता र आत्मसम्मानका लागि राष्ट्रिय दलित आयोगले उठाएका सुधारमुखी सुझावहरूलाई संसद् र नीतिगत तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?