News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ तोकेको छ ।
- सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।
- चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ ।
१४ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ३ सय रुपैयाँ घटेको छ । गत बिहीबार सुनको भाउ २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4