News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपको विरोधमा आज बिहानदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ ।
- धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले परिस्थितिको मूल्यांकन गरी कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।
- सडक जाम गरेका प्रदर्शनकारीहरूले झडपको प्रयास गरेपछि जनकपुरका विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
१४ साउन, जनकपुरधाम । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
‘अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउनुपर्छ कि भन्ने सल्लाह हुँदैछ ,’ उनले भने ।
प्रदर्शनकारीहरू दुई पक्षबीच भडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै अघि बढिएको सीडीओ लुइँटेल बताउँछन् ।
चोक चोकमा संवेदनशीलता हेरेर प्रहरी परिचालन गरिएको उनले बताए ।
सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि मधेशका अन्य जिल्ला पनि अशान्त बन्न पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4