+
+
Shares

आपसी विश्वास कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी र सिरहा लगायतका जिल्लामा भइरहेका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन् ।
  • उनले 'वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक अपिल गर्दछु' भनी उल्लेख गरेकी छन् ।
  • सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूले देखाएको सक्रियता र पहलको पूर्वराष्ट्रपति भण्डारीले स्वागत गरेकी छन् ।

१४ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन् ।

सुनसरी, सिहारा लगायत जिल्लाहरुमा भइरहेको हिंसात्मक घटनाप्रति दु:ख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको पक्षमा उभिन अपिल गरेकी छन् ।

‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका आफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ, ‘कुनै एक घटनालाई आधार बनाएर कुनैपनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिरोधको भावना राख्नु हाम्रो राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यता अनुकुल हुन सक्दैन ।’

संकटको यो अवस्थामा दलहरुले लिएको अग्रसरतालाई स्वागत गरेकी छन् ।

‘…विभिन्न राजनीतिक दलहरुले केन्द्रीय तहमा काठमाडौंमा तथा कोशी प्रदेश सरकारको पहलमा प्रदेश स्तरमा सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्ष सक्रिय हुनुपर्ने निष्कर्ष निकालेकोमा त्यसको स्वागत गर्दछु,’ भण्डारीले लेखेकी छन्, ‘… साथै, सबै समुदायलाई संयम, संवाद र आपसी विश्वास कायम राख्न हार्दिक आह्वान गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?