News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाइएको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।
- अर्थ मन्त्रालयले सूचना राजपत्रमा प्रकाशित गर्दै असुल गरिएको शुल्क १५ दिनभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता दिइने जनाएको छ ।
- तोकिएको समयभित्र फिर्ता हुन नसकेको रकम संघीय सञ्चित कोषमा दाखिला गरिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
१४ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भने १५ दिनभित्र फिर्ता दिइने भएको छ । सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने संघीय सञ्चित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत समता शुल्क लिनेगरी नयाँ कर थपेको थियो । व्यापक आलोचनापछि सरकार यो करबाट पछि हटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4