+

एनएसजेएफ कप फुटसलको उपाधि रिपोर्टर राइनोजलाई

२०८३ साउन  १४ गते २०:५२ २०८३ साउन १४ गते २०:५२

बिहीबार काठमाडौ शेषमतीस्थित टिपटोइ स्पोर्ट्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर नाइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ ले हरायो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित एनएसजेएफ कप फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ ।
  • फाइनलमा रिपोर्टर राइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ गोल अन्तरले हरायो ।

१४ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ कप’ फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ ।

बिहीबार काठमाडौ शेषमतीस्थित टिपटोइ स्पोर्ट्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर नाइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ ले हरायो ।

रिपोर्टरको जितमा नायक पौडेलले ह्याट्रिक गरे । अभिनव जोशी र निर्मल खड्काले समान एक गोल गरेका हुन् । उपविजेता बाइलाइनको लागि अमनप्रताप अधिकारीले दुई गोल गर्दा अनुप महर्जनले एक गोल फर्काएका थिए ।

एकदिने प्रतियोगितामा कूल चार टिम सहभागी भएका थिए । हेडलाइन हुरिक्यान्स र फ्युचर फ्यान्टम्स समूह चरणबाटै बाहिरिए । रिपोर्टर र बाइलाइनले समान ६ अंक जोड्दै सिधै फाइनलमा स्थान बनाएका हुन् । हेडलाइनको चार अंक रहँदा बाइलाइन भने मात्र एक अंकमा सिमित रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी च्याम्पियन रिपोर्टर राइनोजका नायक पौडेल चुनिए । यस्तै, सर्वाधिक गोलकर्ता पनि रिपोर्टरकै अभिनव जोशी घोषित भए । उनले कूल १० गोल गरेका थिए ।

यस्तै, उदीयमान खेलाडी हेडलाइनका शिशिर बस्नेत, सर्वोत्कृष्ट गोलकिपर उपविजेता बाइलाइनका जेनिश बाडे र उत्कृष्ट महिला खेलाडी मुना कार्की घोषित भएका हुन् ।

प्रतियोगितामा विजेता र उपविजेतासहित उत्कृष्ट खेलाडीलाई एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी, महासचिव अञ्जन खड्का, पूर्वअध्यक्षद्वय अजय फुयाल तथा महेश आचार्य, टिपटोइ स्पोर्ट्स एकेडेमीका संचालन गौरव बस्नेत र सिइओ सुवास न्यौपानेले पुरस्कृत गरेका थिए ।

यसबीच एनएसजेएफ र टिपटोइ स्पोर्ट्स एकेडेमीबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो । निर्धारित समयको खेल ३–३ को बराबरी भएपछि सेडनडेथमा टिपटोइ विजयी भएको हो ।

एनएसजेएफका अध्यक्ष अधिकारीले आगामी भदौं १८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको तयारी तथा खेलकुद पत्रकारबीच भाइचारा सम्बन्ध विस्तारको लागि एकदिने प्रतियोगिता आयोजना गरेको बताए ।

एनएसजेएफ कप फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय