News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले तराई–मधेशमा जारी तनावबीच बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गर्नुभएको छ।
- सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रवाह हुने मिथ्या सूचना र त्यसले समाजमा पार्नसक्ने असरप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
- शान्ति र सद्भाव कायम गर्न उहाँले मैथिली भाषामा सम्बोधन गर्दै धैर्यता र राष्ट्रिय एकताका लागि आम नागरिकलाई हार्दिक अपिल गर्नुभएको छ।
१४ साउन, काठमाडौं । केही दिनदेखि तराई–मधेशका विभिन्न जिल्लामा जारी तनावबीच बिहीबार साँझ प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा उनले सबै पक्षलाई हरेक कुरामा सतर्क रहन आग्रह गरे । साथै, उनको आग्रह समाजिक सञ्जाल वा अन्य माध्यमबाट हुनसक्ने मिथ्या सूचना प्रवाह र त्यसले पार्नसक्ने असरप्रति सजक रहन पनि थियो ।
यसैबीच प्रधानमन्त्री शाहले सम्बोधनको अन्त्यमा मैथिली भाषामा सम्बोधन गरे । विशेषगरी मधेशमा भएको प्रदर्शन कम गर्न सघाउ पुग्नेगरी उनले उक्त भाषामा पनि सम्बोधन गरेको सचिवालय स्रोत बताउँछ ।
उनले मैथिली भाषामा बोल्दै शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम गर्न अपिल गरेका थिए ।
‘हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी,’ प्रधानमन्त्रीले भनेका छन् ।
प्रतिक्रिया 4