News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषामा सामाजिक सद्भाव कायम गर्न आज दिउँसो २ बजे प्रतिनिधि सभा सदस्यसहितको सर्वदलीय र सर्वपक्षीय बैठक बस्दै छ ।
- प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकबाट अवस्था सहज बनाउन र सद्भाव र्याली निकाल्ने विषयमा छलफल हुनेछ ।
- सुनसरी घटनापछि जनकपुरधाम उपमहानगरपालिकासहित केही क्षेत्रमा बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
१४ साउन, जनकपुरधाम । सामाजिक सद्भाव कायम गर्न र अवस्था सहज बनाउन धनुषामा आज २ बजेको प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा छलफलबाट अवस्था सहज पार्ने छलफल हुनेछ ।
छलफल सहज अनुकूल भए आजै सद्भाव रली निकाल्ने तयारी रहेको बताए ।
सुनसरी घटनालाई लिएर अवस्था असहज बनेपछि बिहीबार दिउँसो साढे ३ बजेदेखि नै जनकपुरधाम उपमहानगरपालिका भित्र र नराइन तथा लक्ष्मीनिया गाउँपालिकाको केही भागमा अनिश्चित कालको लागि आदेश जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4