+
+
Shares

सामाजिक सद्‌भाव कायम राख्न कोशीका सभामुखको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सुनसरी र मधेशका जिल्लामा विकसित घटनाक्रम र सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभयो।
  • सभामुख विष्टले जारी गरेको विज्ञप्तिमा नेपाली समाज आपसी भाइचारा र सहिष्णुतामा अडिएकाले कुनै पनि प्रकारको हिंसा र अविश्वासले सामाजिक सद्भाव कमजोर बनाउने उल्लेख गर्नुभयो।
  • उनले समस्याको समाधान शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव हुने बताउँदै सबै पक्षलाई संयमित हुन र शान्ति कायम राख्न आग्रह गर्नुभयो।

१५ साउन, विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सुनसरीसहित मधेशका जिल्लाहरूमा विकसित भएका घटनाक्रम र त्यसले निम्त्याएको सामाजिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभामुख विष्टले कोशी प्रदेशको सुनसरी तथा मधेश प्रदेशका सिराहा, सप्तरी लगायतका क्षेत्रमा भएका दु:खद घटनाहरूप्रति दु:ख व्यक्त गर्दै सामाजिक एकता कायम राख्न अपिल गरेका हुन् ।

‘नेपाली समाज सदियौंदेखि विभिन्न भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी भाइचारा र सहिष्णुतामा अडिएको छ,’ उनले भनेका छन्, ‘कुनै पनि किसिमको हिंसा, तनाव र अविश्वासले कसैको पनि भलो गर्दैन, यसले केवल हाम्रो सामाजिक सद्भावलाई कमजोर बनाउँछ र विकासको गतिलाई अवरुद्ध पार्छ ।’

उनले जुनसुकै समस्या वा असमझदारीको समाधान शान्तिपूर्ण संवाद, परस्पर सम्मान र कानूनको पालनाबाट मात्र सम्भव हुने बताएका छन् ।

सभामुख विष्टले उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भन्दै सबै पक्षलाई संयमित हुन र शान्ति कायम राख्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?