News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अभिनेता विक्रान्त मास्से ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्डमा सहभागी हुन आज काठमाडौं आइपुगेका छन् ।
- बलिउड अभिनेत्री शिल्पा शेट्टी र अभिनेता शक्ति कपुरसहित विभिन्न ७ मुलुकका ५५० जना व्यवसायी सोल्टी होटलमा हुने दुई दिने कार्यक्रममा सहभागी हुनेछन् ।
- नेपाललाई लक्जरी वेडिङ गन्तव्यका रूपमा स्थापना गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा अभिनेत्री मनिषा कोइराला पनि सहभागी हुनेछिन् ।
१६ साउन, काठमाडौं । चर्चित भारतीय अभिनेता विक्रान्त मास्से एक कार्यक्रममा सहभागी हुन आज काठमाडौं आइपुगेका छन् ।
सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।
यसअघि हिजोमात्रै बलिउड अभिनेत्री शिल्पा सेट्ठी पनि यही कार्यक्रमका लागि काठमाडौं आएकी थिइन् ।
दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर पनि आउने बताइएको छ ।
कार्यक्रममा मनिषा कोइराला पनि सहभागी हुनेछिन् ।
सम्मेलनमा भारतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
यो कार्यक्रमको उद्देश्य नेपाललाई लक्जरी वेडिङको गन्तव्यको रुपमा स्थापना गर्नु रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4