+
+
Shares

थाइल्यान्डबाट गाँजा बोकेर आएका ३ जना भारतीय विमानस्थलमा पक्राउ

थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल रहेका छन् ।
  • प्रहरीले आरोपितहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी लागुऔषध कसुरमा अनुसन्धान अघि बढाएको छ ।

१७ साउन, काठमाडौं । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको पन्जाब घर भएका ३० वर्षीय सोनी, सोही ठाउँका २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

शनिबार राति क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत दुई भारतीय थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । उनीहरूले ल्याएको गाँजा सिरिभ गर्न अर्का भारतीय विमानस्थल पुगेका थिए ।

तीनै जनालाई पक्राउ गरेर प्रहरीले लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?