News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाको निलम्बनका कारण साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नअटाउँदा कप्तान किरण चेम्जोङले दु:ख व्यक्त गरेका छन् ।
- नेपालको निलम्बन सेप्टेम्बर १ तारिखसम्म फुकुवा भएमा मात्रै नेपालले प्रतियोगिता खेल्न पाउनेछ ।
- फिफाले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेपछि नेपाली फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित रहँदै आएको छ ।
१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आसन्न साफ च्याम्पियनसिपमा नेपालको नाम नदेख्दा खिन्न भएको जनाएका छन् ।
बंगलादेशको ढाकामा नोभेम्बर ४ देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । तर फिफा निलम्बनमा रहेको नेपाल शनिवार सम्पन्न साफ च्याम्पियनसिपको ड्र मा समावेश छैन ।
नेपालको निलम्बन सेप्टेम्बर १ तारिखसम्म फुकुवा भएमा मात्रै नेपालले प्रतियोगिता खेल्न पाउनेछ ।
उक्त ड्र पछि कप्तान किरणले इन्स्टाग्राममार्फत नेपालको नाम नहुँदा दु:ख व्यक्त गरेका हुन् । ‘एक गर्विलो नेपाली फुटबल खेलाडीका रूपमा साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नदेख्दा साँच्चै नै मन खिन्न भएको छ।’ उनले लेखेका छन् । ‘हामीले सधैं गर्व, जोश र आशाका साथ आफ्नो देशका लागि संघर्ष गरेका छौं ।’
कप्तान चेम्जोङले नेपालको निलम्बन चाडै हट्ने आशा व्यक्त गर्दै नेपाली टोली फेरी राष्ट्रको प्रतिनिधित्व गर्दै मैदान उत्रन तयार रहेको रहेको पनि उल्लेख गरेका छन् ।
‘हामी आशा गर्छौं कि यो प्रतिबन्ध चाँडै हट्नेछ र नेपाल पुनः मैदानमा फर्किनेछ । हामी राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्ना जनतालाई गौरवान्वित बनाउनेछौँ, उनले लेखेका छन् । ‘नेपाली फुटबलको आवाज सुनिनुपर्छ र हाम्रा समर्थकहरूले आफ्नो राष्ट्रिय टोलीलाई पुनः खेल्दै गरेको हेर्न पाउनुपर्छ । हामी चाँडै फर्कने आशा राख्छौं, हामी विश्वास गरिरहनेछौं ।’
यस्तै राष्ट्रिय टिमका विंगर मनिष डाँगीले पनि फुटबलमाथिको प्रतिवन्ध चाँडै हट्नुपर्ने बताएका छन् ।
नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पिफाले एन्फालाई २०८३ असार १० गते निलम्बन गरेको थियो ।
प्रतिक्रिया 4