News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री स्वस्तिमा खड्काले २०८३ सालमा व्यावसायिक र समीक्षात्मक रूपमा सफल फिल्म ‘लालीबजार’ मार्फत दर्शकमाझ आफ्नो बलियो उपस्थिति जनाएकी छिन् ।
- अभिनयका साथै विभिन्न विज्ञापनमा व्यस्त रहेकी स्वस्तिमा अभिनयबाहेकका सिर्जनात्मक कार्यमा पनि संलग्न हुने योजनामा छिन् ।
- साउन महिनाको अवसरमा हरियो पहिरनमा सजिएर उनले अनलाइनखबरको ‘मोडल वाच’का लागि विशेष फोटोसुट गराएकी छिन् ।
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको लागि २०८३ साल खास बनिरहेको छ । यसवर्ष उनले व्यवसायिक र समीक्षात्मक दुबै पक्षबाट पं्रशसित फिल्म ‘लालीबजार’ दर्शकलाई दिइन् ।
अहिलेको ‘मस्ट डिमान्डेड’ अभिनेत्री स्वस्तिमालाई भ्याइनभ्याइ छ । एकातिर कथानक र अर्कोतिर विज्ञापन फिल्ममा उनको ब्यस्तता बढ्दो छ ।
करिअरको १० वर्षमा आफूलाई आर्टहाउस र कमर्सियल दुबै खाले फिल्ममा स्थापित गरेकी स्वस्तिमा आउँदा दिनमा अभिनयबाहेकको सिर्जनात्मक कार्यमा पनि अघि बढ्न चाहन्छिन् ।
अभिनय मात्र घरेलु फिल्मको पेशागत हकहितमा पनि उनी बोल्दै आएकी छन् । अहिले भगवान शिवको विशेष पूजाआजा र व्रत गरिने महिना साउन चलिरहेको छ । हिन्दू महिला हरियो पहिरनमा सजिएर शिवको पूजा गर्छन् ।
स्वस्तिमा यसैसाता अनलाइनखबरको स्टुडियोमा हरियो पहिरनमा ‘मोडल वाच’का लागि फोटो खिचाउन तयार भइन् । फोटोमा उनी आकर्षक देखिएकी छिन् । तस्वीरमा ‘साउन भाइब्स’ महसुस गर्न सकिन्छ ।







प्रतिक्रिया 4