+
+
Shares

सरकारलाई सांसदको प्रश्न : सीमा सुरक्षा र भारतीय दादागिरीको अन्त्य कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद विष्णुबहादुर विश्वकर्माले सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल प्रवेश गरेको विषय राष्ट्रिय सभाको बैठकमा उठाएका छन् ।
  • सांसद विश्वकर्माले 'सीमाको सुरक्षा कहिले हुन्छ र भारतीय दादागिरीको अन्त्य कहिले हुन्छ सरकार?' भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
  • जनता समाजवादी पार्टीकी सांसद पुजा चौधरीले सीमा क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

१८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले सीमा सुरक्षा र सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको विषय संसद्मा उठाएका छन् ।

‘नेपाली भूमि लिपुलेक/लिम्पियाधुरामा गाडी गुडायो । सुस्तामा तटबन्ध भत्कायो । तीन जना युवालाई घाइते बनायो’ उनले सरकारलाई प्रश्न गरे, ‘सीमाको सुरक्षा कहिले हुन्छ ? र भारतीय दादागिरीको अन्त्य कहिले हुन्छ सरकार ?’

यस्तो प्रश्न सांसद विश्वकर्माले सोमबार राष्ट्रिय सभाको बैठकमार्फत गरेका हुन् ।

पश्चिम नवलपरासीको सुस्तामा एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको थियो ।

आइतबार दिउँसो करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।

यो विषय संसद्मा उठाउँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरीले पनि सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषय उठाइन् ।

सीमा क्षेत्रमा रहेका नेपालीको सुरक्षाका लागि समेत काम गर्न उनले सरकारलाई आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?