+
+
Shares

मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो, सडक अवरुद्ध

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खस्दा यातायात दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
  • सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको हो ।
  • पहिरो पन्छाउन उपकरण परिचालन गरिएको छ र काम सम्पन्न गर्न करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

१८ साउन, काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सोमबार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?