+

अमेरिकी क्रिकेटर अखिलेश रेड्डीमाथि आठ वर्षको प्रतिबन्ध

२०८३ साउन  १८ गते १६:४६ २०८३ साउन १८ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि भ्रष्टाचार अभियोगमा आठ वर्षको प्रतिबन्ध लगाएको छ ।
  • रेड्डीलाई अबुधाबी टी–१० लिग २०२५ मा खेल मिलेमतो र अनुसन्धानमा अवरोध पुर्‍याएको कसुरमा दोषी ठहर गरिएको छ ।
  • यो प्रतिबन्ध सन् २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ र उनले सबै प्रकारका क्रिकेट गतिविधिमा सहभागी हुन पाउने छैनन् ।

१८ साउन, काठमाडौं । अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आठ वर्षको प्रतिबन्ध लगाएको छ ।

आईसीसीको एन्टी करप्सन कोड (एसीयू) न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचारसंहिताका तीनवटा कसुरमा दोषी ठहर गरेपछि उनीमाथि सबै प्रकारका क्रिकेट गतिविधिमा प्रतिबन्ध लगाइएको हो ।

यो प्रतिबन्ध सन् २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । त्यही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए ।

रेड्डीमाथिका आरोपहरू संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न अबुधाबी टी–१० लिग २०२५ सँग सम्बन्धित छन् । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले आईसीसीलाई भ्रष्टाचारविरुद्धको आधिकारिक निकाय (डाको) का रूपमा नियुक्त गरेको थियो ।

न्यायाधिकरणले रेड्डीलाई खेलको नतिजा वा अन्य पक्षमा अनुचित प्रभाव पार्ने प्रयास गरेको, अर्को सहभागीलाई खेल मिलेमतो गर्न उक्साएको तथा अनुसन्धानका क्रममा मोबाइलबाट सम्बन्धित डाटा र सन्देश मेटाएर अनुसन्धानमा अवरोध पुर्‍याएको आरोपमा दोषी ठहर गरेको हो ।

अखिलेश रेड्डी आईसीसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय