+
+
Shares

सडक विस्तार गर्न गोकर्णेश्वरमा चल्यो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर–३ को गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तारका लागि डोजर चलाइएको छ ।
  • सांसद राजुनाथ पाण्डेको पहलमा साँघुरो बाटो फराकिलो बनाउन उक्त काम शुरू गरिएको हो ।
  • रास्वपा काठमाडौं क्षेत्र नम्बर–३ का सभापति उज्ज्वल सापकोटाले भने, ‘बाटो बढाउन स्थानीयले पहिलेदेखि नै माग गर्नुभएको थियो, अहिले बाटो विस्तार गर्न डोजर चलाइएको हो ।’

१८ साउन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–३ गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा डोजर चलेको छ ।

बाटो साघुँरो भएका कारण स्थानीयले लामो समयदेखि विस्तार गर्न माग गरेका थिए । तर ट्रस्टको जग्गाबाट बाटो विस्तार हुन सकेको थिएन ।

यसपटक सांसद राजुनाथ पाण्डेको पहलमा बाटो बढाउन डोजर चलाइएको हो ।

‘बाटो बढाउन स्थानीयले पहिलेदेखि नै माग गर्नुभएको थियो । तर विस्तार हुन सकेको थिएन । अहिले बाटो विस्तार गर्न डोजर चलाइएको हो,’ रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटाले भने ।

उक्त क्षेत्रका अन्य स्थानमा पनि दुई दिनसम्म बाटो विस्तार लगायतका काम गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?