+
+
Shares

मन्त्रालयको अगाडि फेरि नेल लगाएर उभिनपर्ने हो भने तयार छु : खगेन्द्र सुनार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद खगेन्द्र सुनारले गरीब र दलितको नाममा आएको रकममा हुने भ्रष्टाचार सह्य नहुने भन्दै मन्त्रालयको अगाडि नेल लगाएर उभिनसमेत आफू तयार रहेको बताएका छन्।
  • सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेका छन् र समितिले ती उजुरीहरूको अध्ययन गर्न उपसमिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
  • सांसदहरूले अदालत र अख्तियारमा समेत उजुरी परेका विषयमा सबै कागजातको गहिरो अध्ययन गरेर मात्र थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका छन्

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले मन्त्रालयको अगाडि फेरि नेल लगाएर उभिनुपर्ने भए पनि आफू तयार रहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको छ ।

उक्त छलफल प्रक्रियामा भाग लिने क्रममा सांसद सुनारले यस्तो बताएका हुन् ।

‘यदि मैले मन्त्रालयको अगाडि नेल लगाएर उभिने हो भने त तयार छु फेरि । यसरी गरिब र दलितको नाममा आएको पैसामा कतै भ्रष्टाचार हुन्छ भने यो कुरा सह्य हुँदैन । यहाँ समितिका कर्मचारी साथिहरुलाई पनि उजुरीउपर परिणाम आउनेगरी काम गर्नुपर्‍यो,’ सांसद सुनारले भने ।

सरकार तथा गैरसरकारी संघसंस्थाको नाममा भइरहेका बदमासीबारे समितिको ध्यान पुग्नुपर्ने बताएका छन् ।

‘एनजीओ आईएनजीओका नाममा भएका बदमासी, यी आयोगका नाममा भएका बदमासी, यी संघ संस्थाका नाममा भएका बदमासीको विषयमा तत्काल मन्त्रालय र सम्बन्धीत निकायले ध्यान देओस्,’ सांसद सुनारले भने ।

समितिले आफ्नो कार्यक्षेत्र हेरेर वा सम्बन्धित निकायको ध्यानाकर्षण गराएर मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितता निर्मुल पार्न भूमिका खेल्नुपर्ने बताए ।

सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेका छन् । ती उजुरीहरुको प्रकृतिको आधारमा उपसमिति गठन गरी अध्ययन तथा कारबाही प्रक्रिया अगाडि बढाउने समितिको तयारी छ ।

समितिमा बोल्ने अधिकांश सांसदहरुले समितिमा आएकामध्ये कतिपय उजुरीहरु अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको उल्लेख गर्दै सबै कागजातको अध्ययन गरेर मात्र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?