News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तामाङलाई सोमबार काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
- तामाङले भुक्तानी भइसकेको योजनामा कमिसन नदिएको भन्दै सेवाग्राहीलाई हैरानी दिई घुस रकम मागेको आरोप लागेको छ ।
१८ साउन, काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार दिउँसो १ ला घुस रकमसहित पक्राउ गरेको हो ।
तामाङले भुक्तानी भइसकेपछि कमिसन किन नदिएको भनि बार्गेनिङ गर्दै दु:ख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।
सो क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुबाट एक लाख रकम लिइसकेको र थप ५ हजार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4