+
+
Shares

संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा सांसद केसीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:२१

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा आपत्ति जनाएका छन् ।

केसी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।

यो समितिको कार्यविधिमाथिको छलफलमा बोल्दै उनले अनावश्यक रुपमा संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रिय महत्वको गम्भीर इस्वुहरूमा कहिलेकाहीँ गोप्य छलफल हुन सक्ने अन्यथासंसदीय समितिका बैठक खुला रहने र रहनुपर्ने उनले बताए ।

‘गोप्य बैठकको नाममा सार्वजनिक सूचनालाई रोक्ने काम लोकतान्त्रिक हुन सक्दैन’, केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?