+
+
Shares

५ कूटनीतिक नियोगहरू बन्द गर्ने तयारीमा अमेरिकी विदेश मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी विदेश मन्त्रालयले क्यानडा, जापान, क्यामरुन, इन्डोनेसिया र ग्रेनाडामा रहेका आफ्ना पाँच वटा कूटनीतिक नियोगहरू बन्द गर्ने निर्णय गरेको छ।
  • खर्चिला र अनावश्यक देखिएका नियोगहरू बन्द गर्नेबारे मन्त्रालयले अमेरिकी कंग्रेसलाई जानकारी गराइसकेको समाचार संस्था रोयटर्सले जनाएको छ।
  • कूटनीतिक नियोग कटौतीले विभिन्न क्षेत्रमा अमेरिकी प्रभाव कमजोर हुनसक्ने भन्दै डेमोक्र्याटिक पार्टी र राष्ट्रिय सुरक्षा स्रोतहरूले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना पाँच वटा कूटनीतिक नियोगहरू बन्द गर्ने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै तासले यस्तो जनाएको हो । उसले यस सम्बन्धी जानकारी अमेरिकी कंग्रेसलाई दिइसकेको छ।

स्रोतका अनुसार क्यानडाको विनिपेग, जापानको नागोया, क्यामरुनको दुआला, इन्डोनेसियाको मेडान र ग्रेनाडाको सेन्ट जर्जसमा रहेका नियोगहरू बन्द गरिने सूचीमा छन्।

ह्वाइट हाउसले सुरुमा ३० वटासम्म विदेशी नियोगहरू बन्द गर्न खोजेको थियो। ती नियोगहरू खर्चिला र अनावश्यक भएको निष्कर्ष निकालिएको थियो। तर हाललाई पाँच वटा नियोग मात्र बन्द गर्न लागिएको हो।

यसैबीच अमेरिकी डेमोक्र्याटिक पार्टी र राष्ट्रिय सुरक्षा स्रोतहरूले यस निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्।

कूटनीतिक नियोगहरूको सङ्ख्या घट्दा एकैसाथ धेरै क्षेत्रहरूमा वासिङ्टनको प्रभाव कमजोर हुनसक्ने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?