१९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कार्यकारी प्रमुखको अभ्यास गर्न खोजेको हो कि भनेर प्रश्न गरेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राख्ने गरी प्रस्तुत विधेयकमाथिको छलफलमा सांसद विश्वकर्माले यस्तो बताएका हुन् ।
यसले आन्तरिक सुरक्षा र सुचना संकलनको काम गर्ने भएको गृहमन्त्रालय मातहत रहँदै आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री मातहत लगिनुको उदेश्य के हो भनेर सोधे । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा, आफ्नो वाचा पत्र लगायतका दस्तावेजहरूमा कार्यकारी प्रमुखको कुरा राखेको हुनाले कतै यो ऐनमार्फत कार्यकारी प्रमुखको अभ्यास गर्न खोजेको हो कि ? पूर्व अभ्यास जस्तो’, सांसद विश्वकर्माको प्रश्न छ ।
प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने, केन्द्रिकृत बनाउने र उस्तै परे निरकुश बनाउने खालको आशयसहित गुप्तचरलाई प्रधानमन्त्री मातहत राख्न खोजिएको आफूले बुझेको उनले बताए ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तरतराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेट्नि सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्ने गरी विधेयक ल्याएको छ ।
यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो ।
कार्य विभाजन नियमावलीमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन ल्याइएको विधेयकमाथि संसदीय समितिमा दफावार छलफल सुरु हुँदैछ ।
उक्त बैठकमा बोल्दै सांसद विश्वकर्माले गुप्तचरलाई गृहमन्त्रालयमै फर्काउन माग गरे ।
अन्यथा, राजनीतिक दुरुपयोग हुन सक्ने उनले बताए । यसले प्रधानमन्त्री कार्यलयमा बोझ पनि थप्ने बताए । हाल रक्षा मन्त्रालय पनि प्रधानमन्त्री आफैँले राखेको र गुप्तचर पनि प्रधानमन्त्री मातहत नै राख्न खोजिएकाले आशय के हो भन्ने प्रश्न उठेको उनले बताए ।
प्रतिक्रिया 4