News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
- बाटो फराकिलो बनाउने उद्देश्यले पर्खाल भत्काउन पुगेका सांसद पाण्डेले सेनाको आग्रहलाई बेवास्ता गर्दै डोजर नरोकिने अडान राख्नुभएको थियो ।
- पाण्डेले भनेका छन्, 'जनताभन्दा ठूलो ब्यारेक होइन, यो भत्किन्छ, रोक्न मिल्दैन, तपाईँलाई कन्फ्युजन भए प्रधानमन्त्रीकोमा सम्पर्क गर्नुहोला ।'
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा ‘थर्काउने शैली’मा नेपाली सेनाका अधिकारीसँग गरेको सवालजवाफ भाइरल बनेको हो ।
ट्रस्टको वालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो । सो ठाउँमा बाटो साँघुरो रहेको भन्दै स्थानीयले लामो समयदेखि फराकिलो बनाइदिन माग गर्दैआएका थिए ।
तर, ट्रस्टको जग्गा रहेकाले बाटो विस्तार हुनसकेको थिएन । यस्तोमा सोमबार सांसद पाण्डे डोजरसहित त्यहाँ पुगेका थिए । त्यसक्रममा सेनाले रोक्न खोज्दा पाण्डे चर्को स्वरमा थर्कारहेका सुनिन्छन् ।
यस्तो छ पाण्डे र सेनाका क्याप्टेनबीचको सवाल–जवाफ
क्याप्टेन : एकैछिन काम रोक्नुहोला ।
पाण्डे : हामी पर्खाल भत्काएर मात्र जाने हो ।
क्याप्टेन : होइन के अहिले हेर्नु न, आदेश छैन हजुर ।
पाण्डे : आदेश भनेको के हो ? कसको आदेश, कहाँबाट आउनुपर्ने हो ?
क्याप्टेन : कुनै एउटा वैधानिक चिठी त आउनु पर्यो नि हजुर ।
पाण्डे : वैधानिक भनेको कहाँबाट आउनुपर्यो ? कोरिडोरको बाटो खोल्न कसैलाई सोध्नुपर्दैन क्या । मलाई थाहा छ ।
क्याप्टेन : होइन क्या हजुर, एउटा चिठी त चाहियो नि ।
पाण्डे : चिठी आउँदैगर्छ । यो पर्खाल भत्काउनुपर्छ ।
क्याप्टेन : होइन क्या हजुर, भित्र ब्यारेक छ ।
पाण्डे : मलाई थाहा छ, ब्यारेकको सेक्युरिटी । जनताभन्दा ठूलो ब्यारेक होइन । ब्यारेकको कुरा मैले बुझ्छु क्या क्याप साब ।
क्याप्टेन : मैले पनि त रिपोर्ट गर्नुपर्नेहोला होला नि हजुर । यो राष्ट्रिय निकुञ्ज हो नि हजुर ।
पाण्डे : बुझेँ मैले । यो नेपाल ट्रस्टसँग सम्बन्धित विषय हो । नेपाल ट्रस्टको चेयरमेन को हो ? भौतिक पूर्वाधार मन्त्री हो ।
क्याप्टेन : अहिले त रोकिदिनु न हजुर ।
पाण्डे : रोकिन्न, यो भत्किन्छ । यो रोक्न मिल्दैन । तपाईँलाई कन्फ्युजन भए प्रधानमन्त्रीकोमा सम्पर्क गर्नुहोला ।
क्याप्टेन : चिठी चाहियो ।
पाण्डे : रोकिदैन । रोक्ने काम नगर्नुहोला । फौज बस्नु भएको छ । सुरक्षाको समस्या छैन । (हिँड्छन् )
क्याप्टेन : सुनिबक्स्यो न एकछिन् । सर, एकैछिन ।
पाण्डे : तपाईँजस्तो सरकारी निकायले आएर यसो गर्दा अप्ठ्यारो हुन्छ ।
क्याप्टेन : होइन हजुर चिठी त चाहियो नि हजुर ।
पाण्डे : चिठी चाहियो भने…
क्याप्टेन : एकैछिन त रोकिइदिनु ।
पाण्डे : रोकिदैन.. रोकिदैन. डोजर रोकिँदैन । पूर्ण रूपमा आदेश आइसकेको छ, रोक्ने काम नगर्नुहोला ।
प्रतिक्रिया 4