News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आर्थिक वर्ष २०८२/८३ सम्म कूल करदाता दर्ता संख्या ८४ लाख २१ हजार ८०४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
- अहिलेसम्म ५६ लाख ९६ हजार ७०८ व्यक्तिगत र २१ लाख ७४ हजार ९९२ व्यावसायिक स्थायी लेखा नम्बर दर्ता भएका छन् ।
- मूल्य अभिवृद्धि करमा ३ लाख ७८ हजार २६८ र अन्तःशुल्कमा १ लाख ३२ हजार ६७२ करदाता सक्रिय रूपमा दर्ता भएका छन् ।
१९ साउन, काठमाडौं । नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्तिमसम्म कुल ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार करदातामा सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेहरू छन् । अहिलेसम्म ५६ लाख ९६ हजार ७०८ व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ७४ हजार ९९२ रहेका छन् ।
डब्लू प्यान लिने करदाता ३९ हजार १६४ पुगेका छन् । डब्लू (विथ होल्डर) प्यान सरकारी कार्यालय, अदालत, मन्त्रालय, संवैधानिक निकायलाई दिइन्छ ।

एक वर्षको अवधिमा व्यक्तिगत प्यान लिने करदाता ७ लाख ९३ हजार ९८६ थप भएका छन् । व्यवसायिक प्यान लिने १ लाख १४ हजार ३३४ थप भएका छन् । डब्यू प्यान लिने करदाता ३ हजार २९४ थप भएको तथ्यांकले देखाएको छ ।
नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाता संख्या ३ लाख ७८ हजार २६८ पुगेको छ । गत आवमा भ्याटमा २६ हजार ५३३ करदाता थप भएका छन् ।
अन्तःशुल्कमा १ लाख ३२ हजार ६७२ करदाता दर्ता भएको देखिएको छ । गत आवमा अन्तःशुल्कमा ७ हजार ६७५ करदाता थप भएका छन् । मन्त्रालयका अनुसार करदाताको यो संख्या सक्रिय संख्या हो ।
प्रतिक्रिया 4