+
+
Shares

एमालेले भन्यो– सुकुमवासी समस्या समाधान गर्न सरकारलाई सहयोग गर्छौं

मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सो प्रतिबद्धता जनाएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले सुकुम्वासी समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।
  • प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पद्मा अर्यालले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या एउटै डालोबाट समाधान गर्नुपर्नेमा जोड दिइन् ।
  • उनले आफूहरूले बनाएको भूमि नीति र भू उपयोग कानून भविष्यका लागि बलियो आधार भएको उल्लेख गरिन् ।

१९ साउन, काठमाडौं । नेकपा एमालेले सुकुमवासीहरूको समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सो प्रतिबद्धता जनाएकी हुन् ।

‘पहिलोपटक हामीले भूमि नीति बनायौं । भू उपयोग कानुन बनायौं । वर्गीकरणको अहिले कार्यान्वयन दिशातिर गइरहेको छ । यो हाम्रा निम्ति भोलिका लागि आधार निर्माण भएको हो,’ अर्यालले भनिन्, ‘सरकारलाई हामी सहयोग गर्छौं । किनकी हामीले सुकमवासीको व्यथा बुझेका छौं ।’

साथै, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या एउटै डालोबाट गर्नुपर्ने परिस्थितिमा रहेको पनि उनले स्मरण गरिन् ।

‘सुकुमवासी एकातिर अव्यवस्थित एकातिर राखेर दुई ढंगले यो समस्या समाधान हुनै सक्दैन । हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीको समस्या एउटै डालोबाट समाधान गर्नुपर्ने परिस्थितिमा छौं । मैले सरकारको पनि यो तर्फ ध्यान जाओस् भन्न चाहन्छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?