+
+
Shares

चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति प्रक्रिया अघि बढाउन ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
  • आयोगमा पदाधिकारी नहुँदा चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र शैक्षिक सत्र प्रभावित भएको छ।
  • राहदानी लिन लामो लाइन, सेवा प्रवाहमा सुस्तता तथा ग्यास र मलको अभावले जनता सास्ती भोग्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो।

१९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताएका हुन् ।

आयोगले सार्वजनिक गरेको शैक्षिक क्यालेण्डरअनुसार साउनको पहिलो हप्ताभित्रै एमबीबीएससहित चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने थियो ।

तर सरकारले आयोगका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि हालसम्म नयाँ निर्देशकहरूको नियुक्ति हुन सकेको छैन । निर्देशक नहुँदा कलेजहरूको कोटा निर्धारण र प्रवेश परीक्षा सञ्चालनजस्ता महत्वपूर्ण कार्यहरू ठप्प भएको सांसद मल्लले उल्लेख गरे ।

उनले कक्षा १२ को नतिजा सार्वजनिक हुनुलाई सरकारले ठुलो उपलब्धिको रूपमा व्याख्या गरे पनि अर्कोतर्फ चिकित्सा शिक्षाको प्रवेश परीक्षा धकेलिँदै जानु दु:खद् भएको टिप्पणी गरे ।

‘विगत एक महिनादेखि करिव ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारी गरेर बसेका छन्, तर आवेदनसम्बन्धी सूचनासमेत आउन सकेको छैन । यसले विद्यार्थी र अभिभावक दुवैलाई गम्भीर अन्योलमा पारेको छ,’ मल्लले भने ।

सांसद मल्लले सरकारको कार्यशैलीप्रति समेत प्रश्न पनि उठाए ।

राहदानी (पासपोर्ट) लिन नागरिकहरूले लामो लाइन बस्नुपरेको, सरकारी सेवा प्रवाह सुस्त रहेको, बजारमा ग्यास र मलको अभाव कायमै रहेको तथा बढ्दो महँगीले जनता सास्ती भोग्न बाध्य भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?