+
+
Shares

गृहमन्त्री गुरुङले थाले कप्तानगञ्ज घटनाका मृतक परिवारसँग वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा घाइते भई उपचाररत २२ वर्षीय रविन्द्र मेहताको शिक्षण अस्पतालमा निधन भएको छ ।
  • गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका परिवारबीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको छ ।
  • गृहमन्त्री गुरुङले शान्ति, सुरक्षा र आपसी सद्भाव कायम गर्न हिन्दु तथा मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

१९ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो ।

यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।

यसअघि आजै गृहमन्त्री सुधन गुरुङले आज हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए ।

गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो ।

छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?