+
+
Shares

रास्वपाले भदौ १ गते उम्मेदवार क्लब खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि देशभर 'उम्मेदवार क्लब' सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
  • महामन्त्री विपिन कुमार आचार्यले पालिका तहका उम्मेदवार छनोट र प्रशिक्षणका लागि क्लबको अवधारणा ल्याइएको जानकारी दिनुभएको छ ।
  • क्लबमा दर्ता भएका इच्छुक व्यक्तिहरूलाई निर्वाचित भएपछिको जिम्मेवारी र कार्ययोजनाबारे पार्टीले विशेष प्रशिक्षण दिने तयारी गरेको छ ।

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ १ गते उम्मेदवार क्लब खोल्ने भएको छ ।

महामन्त्री विपिन कुमार आचार्यका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेदवार क्लब खोल्न लागिएको हो ।

‘भाद्र १ गते पार्टीले क्यान्डिडेट क्लब खोल्दैछ । त्यो भनेको देशभरका ३५ हजार ५०१ जना प्लस स्थानीय तहका उम्मेदवार छान्ने डकुमेन्ट हो,’ महामन्त्री आचार्यले हिमालय टिभीसँगको अन्तवार्ताको क्रममा भने ।

रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाएको हो ।

उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।

२०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । त्यसलाई त्यसपछाडिका पार्टीका डकुमेन्टहरूमा राख्दै आएको छ ।

नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ ।  उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।

उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?