News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बजारमा सबै प्रजातिका च्याउको मूल्यमा वृद्धि भएको छ ।
- डल्ले च्याउको थोक मूल्यमा एकै दिन एक सय रुपैयाँले वृद्धि भई प्रतिकिलो चार सय ७५ रुपैयाँ पुगेको छ ।
- कन्ये च्याउको मूल्य दश दशमलव ६४ प्रतिशतले बढेर दुई सय ६० रुपैयाँ कायम भएको छ भने सिताके च्याउको मूल्य नौ सय रुपैयाँमा स्थिर छ ।
२० साउन, काठमाडौं । बजारमा च्याउको मूल्यमा वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबै प्रजातिका च्याउको भाउ आकासिएको हो ।
एकै दिनमा सबैभन्दा धेरै डल्ले च्याउको मूल्य बढेको छ । हिजो मंगलबार थोकमा प्रतिकिलो औसत ३ सय ७५ रुपैयाँ रहेको डल्ले च्याउ आज बुधबार १ सय रुपैयाँले बढेर ४ सय ७५ रुपैयाँ पुगेको छ । यो एकैदिनमा २६.६७ प्रतिशतको वृद्धि हो ।
यस्तै बजारमा धेरै खपत हुने कन्ये च्याउको मूल्य पनि १०.६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन प्रतिकिलो २ सय ३५ रुपैयाँमा बिक्री भइरहेको कन्ये च्याउको औसत मूल्य आज २ सय ६० रुपैयाँ पुगेको छ ।
राजा च्याउको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । हिजो मंगलबार प्रतिकिलो ३ सय १० रुपैयाँ रहेको राजा च्याउको मूल्य आज ३ सय १३ रुपैयाँ कायम छ ।
बजारमा उपलब्ध च्याउमध्ये सबैभन्दा महँगो मानिने सिताके च्याउको मूल्य भने स्थिर रहेको छ । सिताके च्याउको प्रतिकिलो ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4