+
+
Shares

विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार विभागले स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउने थप ३९ वटा म्यानपावर कम्पनीलाई प्रति संस्था ५० हजार रूपैयाँ जरिबाना गरेको छ।
  • विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम दोस्रो पटक कसुर दोहोरिएको ठहर गर्दै उक्त म्यानपावरहरूलाई कारबाहीको दायरामा ल्याएको हो।
  • विवरण नबुझाउने अन्य १२४ वटा म्यानपावरलाई स्पष्टीकरण सोधिएको छ भने हालसम्म कुल ५९८ म्यानपावर कारबाहीमा परेका छन्।

२० साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ ।

विभागले एक सूचना जारी गर्दै स्वीकृतिविना विदेशी विमानस्थलको प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे/नगरेको विषयमा विभागले अनुगमन तथा अध्ययन गर्नका लागि २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग गरेको थियो । उक्त विवरण नदिएका तथा अनुमति नलिइ विदेशी विमानस्थल प्रयोग गरेका कुल ५९८ म्यानपावरलाई विभागले कारबाही गरेको छ।

विवरण पेश नगरेका म्यानपावरलाई पुनः विवरण पेश गर्न यसअघि निर्देशन दिएको थियो । सोही आधारमा विवरण पेश गरेका तर, विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाएका ३९ वटा म्यानपावर कारबाहीमा परेका हुन् ।

त्यस्तै दुई पटक समेत विवरण पेश गर्न दिइएको निर्देशन पालना नगरेका १२४ वटा म्यानपावर पनि कारबाहीमा परेका छन् । उनीहरूलाई ५० हजार रूपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिने स्पष्टीकरण सोधिएको छ ।

विभागले अहिले कारबाहीमा परेका ३९ वटा संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम दोस्रो पटक कसुर दोहोरिएको ठहर गर्दै ५० हजार रुपैयाँका दरले जरिबाना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?