+
+
Shares

डीएभी बिजनेस स्कुलको तेस्रो कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न, केयूकेएल च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपालको सहकार्यमा ललितपुरमा तेस्रो कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न भएको छ।
  • ३२ वटा व्यावसायिक टोली सहभागी रहेको प्रतियोगितामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हराउँदै उपाधि जितेको छ।
  • डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदले पेशागत एकता र सहकार्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

२० साउन, काठमाडौं । डीएभी बिजनेस स्कुलले ह्युमन रिसोर्स सोसाइटी नेपालसँगको सहकार्यमा तेस्रो कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।

साउन १५ देखि १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन भएको तीनदिने प्रतियोगिताले खेलमार्फत उद्योग र शैक्षिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।

प्रतियोगितामा विभिन्न क्षेत्रका ३२ कर्पोरेट टोलीको सहभागिता रहेको थियो। वाणिज्य बैंक, बीमा कम्पनी, ट्रेडिङ फर्म, आईटी कम्पनी, अटोमोबाइल डिलर तथा उत्पादनमूलक उद्योगका प्रतिनिधिहरू सहभागी भएका थिए।

प्रतियोगिताको औपचारिक उद्घाटन समारोह शुक्रबार सम्पन्न भएको थियो। कार्यक्रममा ह्युमन रिसोर्स सोसाइटी नेपालका महासचिव दियशनाथ विशेष अतिथिका रूपमा उपस्थित थिए भने डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले प्रतियोगिताको उद्घाटन गरेका थिए।

उद्घाटन मन्तव्यका क्रममा उनले खेलकुदले पेशागत एकता, सहकार्य र चुनौती सामना गर्ने क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

प्रतियोगितामा ३२ वटा लिग खेलपछि १५ वटा नकआउट खेल सञ्चालन गरिएको थियो। फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच प्रतिस्पर्धा भएको थियो।

रोचक फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। नेपाल नागरिक उड्डयन प्राधिकरण उपविजेतामा सीमित भएको थियो।

समापन समारोहमा विजेता काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई नगद एक लाख रुपैयाँ, ट्रफी तथा स्वर्ण पदक प्रदान गरिएको थियो। उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले ५५ हजार रुपैयाँ, ट्रफी तथा रजत पदक प्राप्त गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?