+
+
Shares

दुई महिनामा कतिले पाए जग्गाधनी पुर्जा ?

भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई पुर्जा वितरण गरेको छ । २० जेठदेखि १६ साउनसम्म ९७ पुर्जा वितरण गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:४३
झापा अर्जुनधाराका १८ परिवारलाई ७ साउनमा वितरण गरिएको जग्गाधनी पुर्जा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
  • समितिका अनुसार वितरण गरिएका पुर्जाहरूमा छ भूमिहीन दलित, ५८ भूमिहीन सुकुमवासी र ३३ अव्यवस्थित बसोबासी परिवार समावेश छन् ।
  • झापा, बर्दिया, चितवन र डडेलधुराका विभिन्न स्थानीय तहमा जग्गाधनी पुर्जा वितरण गरिएको हो जसमा इच्छाकामना नगरपालिकामा सर्वाधिक ३४ परिवारलाई पुर्जा दिइएको छ ।

२० साउन, काठमाडौं । भूमि समस्या समाधान समितिले दुई महिनाको अवधिमा ९७ परिवारलाई पुर्जा वितरण गरेको छ । २० जेठदेखि १६ साउनसम्म ९७ पुर्जा वितरण गरिएको हो ।

वितरण गरिएका पुर्जामा भूमिहीन दलितलाई ६, भूमिहीन सुकुमवासीलाई ५८, र अव्यवस्थित बसोबासीलाई ३३ पुर्जा वितरण गरिएको भूमि समस्या समाधान समितिले जानकारी गराएको छ ।

झापाको बुद्धशान्ति नगरपालिकाको ४ नम्बर वडा, अर्जुनधारा नगरपालिकाको ११ नम्बर वडा र कन्काई गाउँपालिकाको ४ नम्बर वडामा जग्गाधनी पुर्जा वितरण गरिएको छ । बर्दियास्थित बढैयाताल गाउँपालिकाकको वडा नम्बर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका २९ परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिएको छ ।

चितवनको इच्छाकामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुमवासीका ३४ परिवारलाई जग्गा पुर्जा दिइएको छ । हालसम्म वितरण गरिएको मध्ये एउटै पालिकामा सबैभन्दा बढी पुर्जा वितरण इच्छाकामना नगरपालिका रहेको छ ।

डडेलधुराको अजेयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गर्ने सात परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?