+
+
Shares

पूर्वसचिव न्यौपानेसँग साढे चार लाख धरौटी

विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैंया धरौटीमा रिहा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा चिनियाँ कम्पनी सीएएमसी र कर्मचारीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाखभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो।
  • अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त धरौटी रकम माग गर्ने निर्णय गरेको हो।

२० साउन, काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो ।

अख्तियारले गत बैशाखमा केही कर्मचारीहरु सहित पोखरा विमानस्थल निर्माणमा संलग्न चिनिया कम्पनी सीएएमसी र त्यसका सञ्चालकहरुमाथि मुद्दा दायर गरेको थियो ।

अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी थियो । उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?