+
+
Shares

काभ्रेको भुम्लुस्थित सुनकोशी नदीमा वृद्ध दम्पती बेपत्ता

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बुधबार साँझ सुनकोशी नदीमा एक बृद्ध दम्पती बेपत्ता भएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन २० गते १९:५५
फाइल तस्वीर

२० साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बुधबार साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पती बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुली रहेका छन् ।

डीएसपी विष्टका अनुसार तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन् । उनीहरूले नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

घटनापछि पाँचखालबाट प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको छ । अहिले खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?